रैथाने खाना तथा कृषि महोत्सवमा खुलेआम जुवाको खाल

रैथाने खाना तथा कृषि महोत्सवमा खुलेआम जुवाको खाल

काठमाडौं– धादिङको गजुरी गाउँपालिका– ५ गलौदीमा जारी रैथाने धादिङ खाना तथा कृषि पर्यटन व्यापार महोत्सवमा खुलेआम जुवा खेलाइएको छ ।

Advertisement

रैथाने खाना तथा कृषि महोत्सवको नाम दिएर चैत्र १४ गतेदेखि सुरु भएको महोत्सवमा विभिन्न प्रकारका जुवाका खेलहरु खेलाइएको छ । रमाइलो खेल, लक्की सेभेन डट गेम लगायत नाम दिएर जुवा खेलाइएको हो ।

जिल्ला होटल संघ धादिङले आयोजना गरेको महोत्सवको गजुरी गाउँपालिका संरक्षक रहेको छ । रैथाने नाम दिएको महोत्सवमा स्थानीय उत्पादनहरु भेटिदैनन् । तर महोत्सवलाई व्यापार मात्र बनाइदा महोत्सवमा खुलेआम जुवा खेलाइएको छ । न आयोजकले ध्यान दिए, न त संरक्षक गजुरी गाउँपालिका नै बोलेको छ । स्थानीय प्रशासन समेत मौन रहेको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले महोत्सवमा यस्ता प्रकारका जुवा खेलाउन नपाइने बताए । ‘महोत्सव भित्र जुवातास खेलाउन र जाँड रक्सी विक्रि वितरण गर्न पाइदैन । हामी तत्काल रोक्छौं’ उनले भने ।

#रैथाने_धादिङ_महोत्सव

#जुवाको_खाल

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट