काठमाडौं- काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन गल्लीमा दयाराम श्रेष्ठको घरमा आगलागी हुँदा एकजनाको ज्यान गएको छ ।
दयारामको चार तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिग भइ आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक जनाको शव भेटिएको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको ४ तले घरबाट आगलागी सुरू भएको थियो । माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ । दयारामको घरसँगै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत आगो सल्किएको थियो ।
२० जनाको प्रहरी टोली, नेपाल आर्मी र सशस्त्र प्रहरी बलको टोलीले आगो नियन्त्रण लिएको थियो । सोहि ठाउँमा जुद्ध बारुद दुई, नेपाल आर्मी एक, ललितपुर महानगरपालिका एक, रामहिटि एक र बालाजु औद्योगिक क्षेत्रकाे एक गरी जम्मा ६ वटा दमकलले आगो नियन्त्रणमा ल्याएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप