प्रतिनिधि सभा निर्वाचन: धादिङमा ४८ उम्मेदवार, को कहाँबाट?

  • २०८२ माघ ६, मंगलबार (७ मिनेट अघि)
  • १६ पटक पढिएको
प्रतिनिधि सभा निर्वाचन: धादिङमा ४८ उम्मेदवार, को कहाँबाट?

धादिङ– आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि धादिङ जिल्लामा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका छन् । धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा २४ जना उम्मेदवार र धादिङ क्षेत्र नम्बर २ मा २४ जना उम्मेदवार गरी ४८ जनाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

धादिङ निर्वाचन क्षेत्र नम्बर २ तर्फ नेकपा एमालेबाट धन बहादुर घले, नेपाली कांग्रेसबाट रमेश धमला, नेपाली कम्युनिस्ट पार्टीबाट राम बहादुर भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बोध नारायण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट वीर बहादुर तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सुरेश रिजाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट कृष्णबहादुर घलानी, श्रम संस्कृति पार्टीबाट टासी लामा तामाङ, उज्यालो नेपाल पार्टीबाट अमिर तामाङ, संयुक्त नागरिक पार्टीबाट देवेन्द्र गैरे, नेशनल रिपब्लिक नेपालबाट नक्कले मगर(किशोर), आम जनता पार्टीबाट नन्द प्रसाद काप्री, जनता समाजवादी पार्टी नेपालबाट नोरमान तामाङ, नेपाल मजदुर किसान पार्टीबाट प्रिया भट्ट, मंगोल नेशनल अर्गनाइजेशनबाट सन्तोष कुमार तामाङ र मितेरी नेपाल पार्टीबाट सुमन तामाङले उम्मेदवारी दिएका छन् ।

धादिङ क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दिनहरूमा शिवराज सापकोटा, शिवनिधि खनाल, रुद्रबहादुर गेलाङ मगर, भरत ढुंगाना, दिपक अधिकारी, दामोदर रिजाल, कृष्णप्रसाद कोइराला र उज्ज्वल श्रेष्ठ रहेका छन् ।

यसैगरी धादिङ निर्वाचन क्षेत्र नम्बर १ तर्फ नेकपा एमालेबाट भूमि प्रसाद त्रिपाठी, नेपाली कांग्रेसबाट कृष्ण रिजाल, नेकपाबाट राजेन्द्र प्रसाद पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आशिका तामाङ, उज्यालो नेपाल पार्टीबाट श्याम राजा पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गीता प्रसाद आचार्यले मनोनयन दर्ता गराएका हुन् ।

त्यसै गरी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट राजनप्रसाद रेग्मी, श्रम संस्कृति पार्टीबाट प्रलाद सिलवाल, नेशनल अर्गनाईजेशन पार्टीवाट रिन्छेन तामाङ (सुमन), नेपाल मजदुर किसान पार्टीबाट चन्द्रादेवी वासुकला, संयुक्त नागरिक पार्टीबाट डम्बर वहादुर लिम्बु, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट कुमार बहादुर तामाङ, आम जनता पार्टीबाट जाल्पा देवी रेग्मी रहेका छन् ।

क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिनेहरुमा हरि भण्डारी, राजेश भट्टराई, निरन्जन संजेल, ध्रुव प्रसाद पाण्डे, धर्मराज नेपाल, दिपक तामाङ, तपन उप्रेती, ईश्वर भारती, अर्जुन प्रसाद अर्याल, कृष्ण प्रसाद अधिकारी, केशवराज रुपाखेती रहेका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धादिङको दुई वटा निर्वाचन क्षेत्रमा ४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्तासँगै धादिङका दुवै निर्वाचन क्षेत्रमा चुनावी माहोल तातेको छ भने दलहरू आ–आफ्ना उम्मेदवारको पक्षमा चुनावी गतिविधि तीव्र बनाउने तयारीमा जुटेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट