कृषि सुधारका लागि स्पष्ट नीति ल्याउँछौँ : उम्मेदवार त्रिपाठी

  • २०८२ माघ २७, मंगलबार (२ घण्टा अघि)
  • २० पटक पढिएको
कृषि सुधारका लागि स्पष्ट नीति ल्याउँछौँ : उम्मेदवार त्रिपाठी

धादिङ– प्रतिनिधिसभा सदस्यका लागि धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट उम्मेदवारी दिएका भूमि त्रिपाठीले कृषि क्षेत्र सुधारका लागि स्पष्ट नीति ल्याउने बताएका छन्। मतदातासँगको भेटघाटमा कृषि क्षेत्रमा आवश्यक नीति, राष्ट्रिय योजना तथा नीति निर्माणमा पहल गर्ने, किसानलाई प्रविधि, उत्पादित कृषिजन्य उत्पादनको बजारीकरण र अनुदानसँग जोड्ने कार्यक्रम ल्याउने लक्ष्य बताएका हुन् ।

 उनले थाक्रे गाउँपालिका वडा नम्बर ५, ६ र ७ का विभिन्न बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन् ।

भेटघाटका क्रममा उम्मेदवार त्रिपाठीले स्थानीय नागरिकका समस्या, आवश्यकता र अपेक्षाहरू ध्यानपूर्वक सुन्दै आगामी दिनमा ती विषयलाई संसद् र सरकारसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्रिपाठीले सरकारलाई निरन्तर जनताको आवाज सुनाएर स्वास्थ्य, शिक्षा, खानेपानी, सडक तथा अन्य विकासका कार्यक्रमहरू धादिङमा भित्र्याउन सक्रिय भूमिका खेल्ने स्पष्ट पारे ।  उनले भने, ‘जनताको मत र विश्वास नै मेरो शक्ति हो, त्यसलाई कदर गर्दै धादिङको समृद्धिका लागि इमान्दारितापूर्वक काम गर्छु ।’

मतदाताहरूले पनि उम्मेदवार त्रिपाठीसँग प्रत्यक्ष भेटेर आफ्ना गुनासा, सुझाव र अपेक्षा राखेका छन् । उनीहरूले विकास, रोजगारी र सेवासुविधामा सुधारका लागि प्रभावकारी नेतृत्वको आवश्यकता रहेको बताए । भोलि बुधबार त्रिपाठीले थाक्रे गाउँपालिका वडा नम्बर १, २ र ३ का बिभिन्न बस्तीका मतदाताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको एमाले धादिङले जनाएको छ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट