उम्मेदवार धनबहादुर घलेलाई त्रिपुरासुन्दरीबासीको मागपत्र

  • २०८२ माघ २७, मंगलबार (१ घण्टा अघि)
  • ११ पटक पढिएको
उम्मेदवार धनबहादुर घलेलाई त्रिपुरासुन्दरीबासीको मागपत्र

धादिङ– आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा एमालेबाट उम्मेदवारी दिएका धनबहादुर घलेलाई त्रिपुरासुन्दरीबासीहरूले मागपत्र बुझाएका छन् । उनीहरूले पक्की सडक निर्माण, लिफ्टिङ खानेपानी जडान तथा सिँचाइको उचित व्यवस्था लगायतका मागहरू राखेका हुन् ।

घलेले मतदाता भेटघाट कार्यक्रम अन्तर्गत मङ्गलबार त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं ३, ४, ५ र ६ का बस्ती बस्तीमा पुगेर कृषकहरूको संरक्षण, युवा पुस्ताका जायज माग पूरा गर्ने तथा महिलाहरूको विकासका लागि कानुन निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मागपत्र बुझ्दै उम्मेदवार घलेले ती सबै विषयलाई प्राथमिकतामा राखी बजेट ल्याउन पहल गर्ने र निर्वाचित भएपछि विकासका कामलाई योजनाबद्ध रूपमा अघि बढाउने घलेले बताए । स्थानीयहरूले विकासका ठोस काम र दिर्घकालीन समाधान अपेक्षा गरेको भन्दै उम्मेदवार घलेले जनताको आवाजलाई संसदसम्म पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट