भुमेस्थान र तसर्पुलाई विकाससँग जोड्न एमाले उम्मेदवार भूमि त्रिपाठीलाई मतदाताको आग्रह

  • २०८२ माघ २९, बिहिबार (३ घण्टा अघि)
  • १३ पटक पढिएको
भुमेस्थान र तसर्पुलाई विकाससँग जोड्न एमाले उम्मेदवार भूमि त्रिपाठीलाई मतदाताको आग्रह

धादिङ– आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन धादिङ क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट उम्मेदवारी दिएका भूमि त्रिपाठीलाई मतदाताहरूले भूमिस्थान र तसर्थलाई विकाससँग जोड्न आग्रह गरेका छन् ।

मतदाता भेटघाट कार्यक्रम अन्तर्गत दक्षिणी धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २, ३ र ४ का विभिन्न बस्तीहरूमा पुगेका त्रिपाठीलाई नागरिकको आवश्यकता र चाहना अनुसार विकास र नीति नियम तथा कानुन बनाउन मतदाताहरूले आग्रह गरेका हुन्।

प्रतिनिधिसभा उम्मेदवार त्रिपाठीलाई निति कानून  बनाउन पठाउने भएपनि नागरिकहरुको आशा भने विकास र समृद्धिका लागि काम गर्न आग्रह गरेका छन् । महादेबबेसी निगाले, आग्रा सडक, महादेबबेसी रातमाटे चल्ती सडक कालोपत्रे लगायतका सडक योजना गाउँमा ल्याउन आग्रह गरेका छन् । सिंचाइ र खानेपानी, शिक्षा र स्वास्थ्य लगायतका विषयमा नागरिकले सरल पहुँच हुने गरि निति बनाउन समेत माग गरेका हुन् ।

मतदाताहरूको माग र सवालका विषयमा सम्बोधन गर्दै उम्मेदवार त्रिपाठीले नागरिकको चाहना र आवश्यकता अनुसारको नीति नियम कानुन बनाउने र विकास निर्माणका योजनाहरू ल्याउने बताएका छन्। बिहिबार महादेबबेसी, समनटार, सिम, मिलनचोक, भूमिचुली, डाँडाखार्क, डाँडागाउँ, निगाले, लिति, बाहुनथान र धैरेनीका मतदाताको घरमा पुगेर जनपीषय कानून निर्माण गर्दै विकासका कार्यक्रममा जनताको पहुच पुग्नेगरि सघाउने त्रिपाठीले प्रतिवद्धता व्यक्त व्यक्त गरेका छन्।

 

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट