





























धादिङ– आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका रमेश धमलाले शिक्षा र स्वास्थ्य बीमालाई मुख्य एजेण्डाको रुपमा अघि सारेका छन् ।
मतदाता भेटघाट कार्यक्रम अन्तर्गत त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ७ का बस्तीहरूमा पुगेका धमलाले शिक्षा सुधार, स्वास्थ्य बीमा कार्यक्रमको विस्तार तथा रोजगारी सिर्जना जस्ता क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।
घरदैलो कार्यक्रमका क्रममा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै धमलाले जनताको आवाज, समस्या र आवश्यकतालाई संसद्सम्म सशक्त रूपमा पुर्याउने बताएका छन् । कृषि आधुनिकीकरण र पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने योजना अघि सार्दै विकास र समृद्धिका लागि पहल गर्ने बताए ।
त्यसैगरी, बुढीगण्डकी जलविद्युत आयोजनालाई उच्च प्राथमिकतामा राखेर संसद्मा प्रभावकारी आवाज उठाउने बताएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
