





























काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका–४ रायटारमा करेन्ट लागेर ६ वर्षीया बालिका गम्भीर घाइते भएकी छन् । नीलकण्ठ नगरपालिका–८ निवासी पुजन श्रेष्ठकी छोरी साया श्रेष्ठ आइतबार दिउँसो करेन्ट लागेर घाइते भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार घर नजिकै रहेको हाईटेन्सन लाइनमा भुईँ पुछ्ने पोछा तारमा ठोक्किँदा करेन्ट लागेको हो । पोछामा फलामको तार समेत रहेको र त्यसैले बिजुलीको तार छोएपछि बालिकालाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते सायाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पताल लगिएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

