





























काठमाडौं– इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कका ग्राहकले सेटटप बक्सविनै टेलिभिजनमा विश्वकप फुटबल खेल हेर्न सक्ने भएका छन् । स्मार्ट टेलिभिजनमा नेटटिभी एपमार्फत विश्वकपका खेलहरु प्रत्यक्ष हेर्न मिल्ने कम्पनीले जनाएको छ ।
स्मार्ट टेलिभिजन, वर्ल्डलिङ्कको इन्टरनेट जडान र नेपालका लागि विश्वकप प्रसारणको आधिकारिक अनुमति प्राप्त ‘हिमालय स्पोर्ट्स’ को विश्वकप प्याकेज खरिद गरिएमा ग्राहकले विश्वकपका खेलहरु प्रत्यक्ष हेर्न सक्ने कम्पनीले जनाएको छ ।
यो प्रक्रियाका लागि ग्राहकले सबैभन्दा पहिले आफ्नो स्मार्ट टेलिभिजनको ‘एप स्टोर’ वा ‘प्ले स्टोर’ मा गई नेटटिभी एप डाउनलोड गर्नुपर्ने हुन्छ । त्यहाँपछि मोबाइल नम्बर प्रविष्ट गर्ने ठाउँमा ग्राहकले वर्ल्डलिङ्कमा रजिस्टर गरेको आफ्नो मोबाइल नम्बर राख्नुपर्नेछ । उक्त मोबाइल नम्बरमा प्राप्त हुने ओटीपी कोड प्रविष्ट गरेपछि नेटटिभी एप सक्रिय हुनेछ ।
९९९ रुपैयाँ शुल्क पर्ने विश्वकप पास खरिद गरेपछि खेलहरू प्रत्यक्ष हेर्न सकिने छ । अतिरिक्त तार र भौतिक उपकरण (सेटटप बक्स) को झन्झटविना नै सहज रूपमा विश्वकप हेर्न पाइने भएपछि ग्राहकलाई निकै सजिलो हुने कम्पनीको दावी छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
