






























काठमाडौं– फिफा विश्वकप–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले बराबरीमा खेलेका छन् । क्यानडाको टोरन्टो स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ को बराबरी खेलेका हुन् ।
खेलको २१औं मिनेटमा जोभो लुकिचले हेडरमार्फत गोल गर्दै बोस्निया एन्ड हर्जगोभिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।७९औं मिनेटमा क्यानडाले गोल फर्काएपछि खेल बराबरी बनेको हो । काइल लारिनले शानदार कन्ट्रोलका साथ गोल गर्दै क्यानडालाई बराबरीमा फर्काएका थिए ।
बोस्निया एन्ड हर्जगोभिनाले अग्रता जोगाउन सकेन । क्यानडाले पनि अर्को गोल थप्न नसकेपछि दुवै टिमले एक एक अङ्क बाँडेका हुन्।



