काठमाडौं– काठमाडौं महानगरपालिका–१४ स्थित कलङ्कीमा एक जना सांसदको डेरामा चोरी भएको छ । दसैँको बिदामा सांसद उर्मिला थपलियाको डेरामा चोरी भएको हो ।
परिवारका सदस्यहरू दसैँ मनाउन जिल्ला गएको मौका छोपेर आरोपीहरूले उनको डेराबाट ८ तोला सुन र ८० हजार नगद चोरेका हुन् । घटनाबारे कात्तिक ५ मा प्रहरीलाई जानकारी गराइएको थियो । थपलिया नेपाली कांग्रेसकी समानुपातिक सांसद हुन् ।
चोरीमा संलग्न आरोपमा ३ जना सशङ्कितहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
