गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ लाई जोड्ने फुर्केखोलाको यो पुलले सदरमुकामसहित धादिङका आठवटा स्थानीय तहलाई राष्ट्रिय राजमार्गसँग जोड्नेछ। त्यसैले यो केवल दुईवटा वडालाई मात्र जोड्ने पुल होइन, उत्तरी धादिङको आवागमन र जनजीवनसँग जोडिएको महत्त्वपूर्ण मार्ग पनि हो।


गत भदौ १० गते आएको भोटेकोशी बाढीले पक्की पुल बगाएपछि यस क्षेत्रको आवागमन अस्तव्यस्त बनेको छ । वैकल्पिक मार्गमार्फत कष्टकर यात्रा गर्न बाध्य छन् । बिरामीलाई अस्पताल पुर्याउनदेखि विद्यार्थीको विद्यालय आवागमन र स्थानीय उत्पादन बजारसम्म पुर्याउन समेत समस्या भइरहेको छ । यही सास्ती कम गर्न धादिङका १३ वटै स्थानीय तहको पहलमा पन्टुन ब्रिज ल्याइएको हो ।
तिहारलगत्तै पुल जडान भएर सञ्चालनमा आउने अपेक्षाले स्थानीयमा आशा जगाएको छ । पन्टुन ब्रिज अर्थात् तैरिने पुल पानीमाथि तैरिन सक्ने विशेष संरचनालाई एकआपसमा जोडेर बनाइन्छ । फुर्केखोलामा पन्टुन ब्रिज जडान भएपछि आवागमनमा ठूलो राहत पुग्नेछ । तर, यो तत्कालको विकल्प मात्रै हो । फुर्केखोलामा पक्की पुल कहिले बन्छ भन्ने प्रश्न भने अझै बाँकी नै छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
