२ अर्ब अमेरिकी डलर लागतमा निर्माण गरेको विश्वकै सबैभन्दा ठूलो यात्रुवाहक पानी जहाजको यात्रा सुरु

  • २०८० माघ १४, आईतबार (६ महिना अघि)
  • १८१ पटक पढिएको
२ अर्ब अमेरिकी डलर लागतमा निर्माण गरेको विश्वकै सबैभन्दा ठूलो यात्रुवाहक पानी जहाजको यात्रा सुरु

काठमाडौं– विश्वको सबैभन्दा ठूलो यात्रुवाहक पानी जहाजले आफ्नो पहिलो यात्रा सुरु गरेको छ ।

Advertisement

अमेरिकाको फ्लोरिडामा पर्ने मियामीबाट जहाजले सात दिने यात्रा सुरु गरेको बीबीसीले जनाएको छ । रोयल क्यारिबियन समूहको स्वामित्वमा रहेको तीन सय ६५ मिटर लामो जहाजमा सात हजार ६ सय यात्रु बस्न सक्छन् ।

दुई अर्ब अमेरिकी डलर लागतमा निर्माण सम्पन्न भएको २० तले पानी जहाजमा सात वटा स्विमिङ पुल, ६ वटा वाटरस्लाइड तथा ४० भन्दा धेरै रेष्टुरेन्ट तथा बारहरु रहेका छन् । वातावरणविद्हरूले भने तरल प्राकृतिक ग्यासबाट चल्ने जहाजले हानिकारक मिथेन ग्यास हावामा चुहावट गर्ने चेतावनी दिएका छन् ।

मिथेन ग्यासले कार्वनडाइअक्साइडको तुलनामा ८० गुणा बढी तापक्रम समात्छ । त्यसैले पृथ्वीको बढ्दो तापक्रमलाई नियन्त्रण गर्न मिथेन ग्यासको उत्सर्जन कटौती गर्नुपर्ने वातावरणविद्हरुको भनाइ छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट