आज सुनको भाउ घट्यो, चाँदीको स्थिर

  • २०८० माघ २८, आईतबार (५ महिना अघि)
  • १४८ पटक पढिएको
आज सुनको भाउ घट्यो, चाँदीको स्थिर

काठमाडौं– आज सुनको भाउ घटेको छ । गत शुक्रबारको तुलनामा आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

Advertisement

आज ५ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय र तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो ।

साथै गत शुक्रबारको तुलनामा आइतबार चाँदीको भाउ भने स्थिर रहेको छ । गत शुक्रबार १ हजार ३९० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट