सरकारले आज बजेट कार्यान्वयनको अर्धवार्षिक समीक्षा गर्दै

  • २०८० माघ २९, सोमबार (५ महिना अघि)
  • १५६ पटक पढिएको
सरकारले आज बजेट कार्यान्वयनको अर्धवार्षिक समीक्षा गर्दै

काठमाडौं– सरकारले आज चालु आर्थिक वर्षको बजेट कार्यान्वयन खर्च तथा आम्दानीको अर्धवार्षिक समीक्षा गर्ने भएको छ ।

Advertisement

अर्थमन्त्रालयले सोमबार दिउँसो ३ः३० बजे समीक्षा रिपोर्ट (प्रतिवेदन) सार्वजनिक गर्ने गरी पत्रकार सम्मलेन राखेको छ ।

साउनदेखि पुस मसान्तसम्मको सरकारी आय व्ययको खाता ४८ अर्ब ४६ करोडले घाटामा देखिएको छ । २०८० पुस मसान्तसम्म ५ खर्ब १८ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गरेको सरकारले खर्च (बजेट कार्यान्वयन) तर्फ ५ खर्ब ६६ अर्ब रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

तथापि, सरकारी खर्च र आम्दानी लक्ष्यअनुरुप हुन नसक्दा अर्धवार्षिक समीक्षामार्फत दुबै लक्ष्य परिमार्जन गर्ने तयारी सरकारले गरेको छ ।

चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड अनुमानित बजेट ल्याएको सरकारले १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ बराबरको राजस्व संकलनको लक्ष्य राखेको छ । यो लक्ष्य पुरा हुन नसक्ने देखेपछि सरकारले राजस्वको र खर्चको दुबै लक्ष्य र सीमा पुनरावलोकन गर्ने तयारी गरेको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट