काठमाडौं– वर्ष २०८० को अन्तिम दिन आज सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ । आज एकैदिन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर सुनको भाउ तोलाको एक लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा एक लाख ३६ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ पनि आज तोलामा ५० रुपैयाँ बढेको छ । हिजो तोलाको एक हजार सात सय रुपैयाँ रहेको चाँदी आज तोलामा १ हजार ७ सय ५० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
अघिल्लो वर्ष चैत मसान्तका दिन सुनको भाउ तोलाको एक लाख १० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलाको एक हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।