काठमाडौं– नक्कली सुनलाई सक्कली भन्दै ६० लाखमा बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको सिलुगुढीका ५४ वर्षीय शेरबहादुर गिरी छन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले सोमबार पक्राउ गरेको हो ।
गिरीले आफूसँग १ किलो काँचो सुन रहेको भन्दै झापाको बुद्धशान्ति गाउँपालिका–२ कि ४५ वर्षीया सविता सिटौलालाई ६० लाखमा बिक्री गरेको पाइएको झापाका डीएसपी कृष्ण चन्दले बताए ।
सिटौलाले ६० लामा किनेको भनिएको सुन नक्कली परेपछि प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसपछि प्रहरीले गिरीलाई बिर्तामोड–५ स्थित शनिश्चरे रोडबाट पक्राउ गरेको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।