काठमाडौं आज सेयर बजार दोहोरो अङ्कले घटेको छ । सेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले घटेर एक हजार नौ सय ६९ दशमलव शून्य दुई विन्दुमा झरेको छ ।
आज म्युचुअल फन्ड समूहको सेयर सामान्य बढे पनि अरू सबै समूहको सेयर घटेको छ । सबैभन्दा धेरै दोल्ती पावर कम्पनी र एनआईसी एसिया लघुवित्तको सेयर झन्डै साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन पिपुल्स पावर कम्पनीको सेयर झन्डै सात प्रतिशतले बढेको छ ।
आज ५६ लाख ५६ हजार कित्ता सेयर दुई अर्ब पाँच करोड आठ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको ११ करोड ५४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।