काठमाडौं– आज एकैदिन सुनको भाउ तोलामा २७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको छ ।
मंगलबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य करिब २ प्रतिशत घटेपछि नेपाली बजारमा सोअनुसार मूल्य समायोजन गरिएको हो ।
यसअघि वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो ।
चाँदीको मूल्य पनि आज घटेको छ । मंगलबार तोलाको १ हजार ६५० रुपैयाँ रहेको चाँदी आज १ हजार ६३० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।