काठमाडौं – विश्व बैंकले नेपालका लागि साढे १० अर्ब रुपैयाँभन्दा धेरैको ऋण सम्झौता स्वीकृत गरेको छ ।
विश्व बैंकको कार्यकारी बोर्ड बैठकले नेपालका लागि ८० मिलियन डलर अर्थात् १० अर्ब ६८ करोड ९१ लाख रुपैयाँ बराबरको ऋण स्वीकृत गरेको हो । यो ऋण नेपालको आर्थिक क्षेत्रको स्थायित्व, विविधीकरण, वित्तीय समाधान र वित्तीय सेवाहरूमा पहुँच बढाउन खर्च हुनेछ ।
विश्व बैंकले यसलाई वित्त विकास नीति ऋण भनेको छ । यसको उद्देश्य वित्तीय संस्थाको कामकाजमा सुधार ल्याउनु हो । यस सहायताले नेपालको बैंकिङ र बीमा क्षेत्रको सुपरिवेक्षणलाई सुदृढ पार्ने र पुँजी, बीमा र विपद् जोखिममा नयाँ वित्तीय उत्पादनको आविष्कारलाई बढावा दिने विश्व बैंकले जनाएको छ ।
नेपाल, श्रीलङ्का र माल्दिभ्सका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले यस सहायताले नेपालको जलवायु एजेन्डालाई पनि समर्थन गर्ने बताएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।