सरकारले ल्यायो दादुरा–रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप

  • २०८० माघ २२, सोमबार (५ महिना अघि)
  • १९० पटक पढिएको
सरकारले ल्यायो दादुरा–रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप

काठमाडौं– सरकारले दादुरा–रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको बताए । अभियान सञ्चालन गरी झन्डै ५७ लाख बालबालिकालाई यो खोप लगाइने कार्यक्रम रहेको छ ।

Advertisement

सरकारले देशभरि नै सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्षमुनिका बालबालिकालाई आउँदो फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्ने जनाएको छ ।

भारतसँग सीमा जोडिएका तथा दादुरा–रुबेलाको अति सङ्क्रमित २१ जिल्ला र काठमाडौं उपत्यकाका तीन गरी २४ वटा जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने खोप शाखाका प्रमुख डा. गौतमले जानकारी दिए । क्रमशः ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइने उनको भनाइ थियो ।

सरकारले यसअघि नै भूकम्पका बेला जाजरकोट र पश्चिम रुकुममा खोप अभियान सञ्चालन गरिसकेको छ । दादुरा–रुबेला भएको बेला ज्वरो आउने, शरीरमा राता बिबिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने लक्षण दखिने भन्दै समयमा उपचार नगरे आँखा नदेख्ने समस्याका साथै निमोनिया, कान पाक्नेलगायत समस्या हुने उनले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट