राष्ट्रिय सभा निर्वाचनः आज रातिदेखि मौन अवधि सुरु हुँदै

  • २०८० माघ ८, सोमबार (६ महिना अघि)
  • १७७ पटक पढिएको
राष्ट्रिय सभा निर्वाचनः आज रातिदेखि मौन अवधि सुरु हुँदै

काठमाडौं– राष्ट्रिय सभा निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।

Advertisement

निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको हो । यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहने जनाइएको छ ।

यस अवधिमा उमेदवारका पक्ष÷विपक्षमा प्रचार गर्न पाइँदैन । कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचनसम्बन्धी भेला–गोष्ठीलगायत कार्य गर्न नपाइने आयोगले जनाएको छ ।

राष्ट्रियसभाको रिक्त १९ पदका निम्ति यही माघ ११ गते निर्वाचन हुँदैछ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट