पार्टी मजवुद बनाउन कार्यकर्ताले नेता होइन पार्टी बोक्नुपर्छ: महासचिव पोखरेल

  • २०८० माघ १९, शुक्रबार (५ महिना अघि)
  • १९० पटक पढिएको
पार्टी मजवुद बनाउन कार्यकर्ताले नेता होइन पार्टी बोक्नुपर्छ: महासचिव पोखरेल

काठमाडौं- राजनीतिक दलका कार्यकर्ताले नेता भन्दा पार्टीलाई विश्वास गरेर जान सके पार्टी मजबुद बन्ने नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् । सिंगो पार्टीलाई भन्दा नेतालाई बढी विश्वास गर्ने परिपाटीले दलहरुमा फुटको अवस्था सिर्जना भएको बताएका हुन् ।

Advertisement

नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टी भन्दा अरु कोही माथि नरहेको बताएका हुन् । ‘कार्यकर्ताले नेता बोक्ने होइन, पार्टी बोक्नु पर्छ । त्यसपछि मात्रै पार्टी मजबुद बन्छ’, उनले भने– ‘नेताहरुले आफूलाई धुरी ठान्नु हुन्न, पार्टीलाई धुरी ठान्नु पर्छ । अनि मात्रै पार्टी नेता र जनता सबैको भलो हुन्छ ।’

त्यस्तै, गठबन्धन सरकारकै कारण जनताले सास्ति व्यहोर्नु परेको उनले बताए । ‘युवा देश छाडेर विदेश पलायन हुन परेको छ । एक वर्षमा १४ लाख युवाहरु विभिन्न वहानामा विदेश गए भने देश कसले बनाउँछ । यो समस्या एमालेको कारण भएको हो‘ । ‘एमाले सरकारमा हुदा विदेशिनेको संख्यामा कमी थियो । यो मुलुकलाई निराशातर्फ लैजाने काम गठबन्धनधारी, सत्ताधारी सरकारको कारण हो ।’

नेकपा एमाले चिन्नका लागि धादिङे जनताले त्रिशुली नदीमाथी बनेका पुलहरु हेरे पुग्ने उनले बताए । ‘भ्रष्टचारको जुन केश हेरेपनि सत्ताधारी दलकै नेता देखिन्छ । त्यसैले सत्ताधारी दलले देश बर्वाद पारेको छ’ उनले भने– ‘जनतामा बढ्दै गएको निराशालाई आशामा बदल्न सकिएन भने राष्ट्र बर्बाद हुन्छ । राष्ट्र जोगाउने हो भने जनतालाई निराश हुनबाट जोगाउनुपर्छ’ उनले भने ।

त्यस्तै नेकपा एमाले जिल्ला बागमती प्रदेश कमिटिका अध्यक्ष कैलास ढुंगेलले काँग्रेस र माओवादीको गठबन्धनलाई कोदो र तोरी शंज्ञा दिएका छन् । ‘कोदो र तोरी मिसाएर पिस्दा न पिठो बन्छ, न त तेल आउँछ । कांग्रेस र माओवादीको गठबन्धन भनेको कोदो र तोरी एकै ठाउँमा पिसेजस्तो हो । न ढिडो खान मिल्छ न तेल हुन्छ’ उनले भने ।

नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशन उद्घाटन  कार्यक्रममा सहभागीहरुले जिल्लाका विभिन्न ठाउँहरुबाट र्याली निकालेका थिए ।

सात सय प्रतिनिधि सहभागी हुने अधिवेशनले एक सय पाँच सदस्यीय जिल्ला कार्यसमिति चयन गर्नेछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट