






























 
	
      
 
  
 |file photo
काठमाडौं– मुगुको खत्याड गाउँपालिका–२ गोडेखोलामा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । गएराति भएको आगलागीबाट तीन वटा घर जलेका छन् ।



लालके संज्याल, दीपक संज्याल र सन्दीप संज्यालको घर पूर्ण रुपमा जलेको वडाअध्यक्ष हेमराज मल्लले जानकारी दिए ।
आगलागीबाट लालके संज्यालका छोरा १४ वर्षका विशाल संज्याल र छोरी १२ वर्षकी झरना संज्यालको ज्यान गएकोे छ ।

स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप

