धादिङमा दुई पोका चाउचाउको पाँच सय: अनुगमन समितिले तिरायो एक लाख जरिवाना

  • २०८० माघ २६, शुक्रबार (५ महिना अघि)
  • ७६७ पटक पढिएको
धादिङमा दुई पोका चाउचाउको पाँच सय: अनुगमन समितिले तिरायो एक लाख जरिवाना

काठमाडौं – धादिङमा दुई वटा चाउचाउको पाँच सय असुल्ने एक रेष्टुरेन्टलाई एक लाख जरिवाना गरेको छ । २० रुपैयाँ पर्ने दुई वटा वाइवाइ चाउचाउ पकाएर पाँच सय लिने जिल्लाको गल्छि गाउँपालिका–४ मासटारमा रहेको ह्याम्लेट रेष्टुरेन्टलाई जिल्ला अनुगमन समितिले एक लाख जरिवाना गरेको हो ।

Advertisement

पृथ्वी राजमार्ग आसपासमा सञ्चालित महंगो मूल्य असुल्ने होटल, किराना पसल र क्याफेलाई जरिवाना गरेको जिल्ला अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताए । उपभोक्ताबाट गुनासो आएपछि चाउचाउ पकाएर खाएको पैसा तिरेको बिलसहित बोकेर अनुगमनमा पुगेको टोलीले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कार्वाही गरेको उनले बताए ।

‘पकाएर दिएको दुइ पोका चाउचाउको पाँच सय रुपियाँ तिरेको होटलले दिएको बिलसहित एक जना उपभोक्ताले जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी ग¥यो । उजुरी परेपछि अनुगमन गरी जरिवाना गरेका हौं’ उनले भने– ‘ह्याम्लेटसहित गल्छिकै नवोदिप स्टोर र रिभर भ्यू क्याफेलाई दश दश हजार जरिवाना गरिएको छ । विगतका समयमा गरिएको अनुगमनका क्रममा दिएको निर्देशन पनि पालना नगरेको र अधिकतम मूल्य लिएकाले जरिवाना गरिएको हो ।’

तोकिएको मूल्य भन्दा बढी लिने होटल तथा पसलेलाई कडा भन्दा कडा कार्वाही गरिने उनले बताए । यसैगरी २६ पटक गरिएको
अनुगमनका क्रममा जरिवानाबाट साउन यता ७ लाख ९० हजार राजश्व संकलन भएको अनुगमन समितिका संयोजक पराजुलीले बताए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%

    खोजी गर्नुहोस

    ताजा अपडेट