कोशीमा कांग्रेसले दिएको धोकाको विषयमा गम्भीर छलफल भइरहेको छः प्रधानमन्त्री

  • २०८० माघ २९, सोमबार (२ हप्ता अघि)
  • ९३ पटक पढिएको
कोशीमा कांग्रेसले दिएको धोकाको विषयमा गम्भीर छलफल भइरहेको छः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख सत्तासाझेदार कांग्रेसबाट धोका भएको बताएका छन् ।

आज माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले कोशी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै कांग्रेसबाट धोका भएको बताएका हुन् ।

‘कोशीमा कांग्रेसले दिएको धोकाले गम्भीर बनाएको छ’, बैठकमा प्रचण्डले व्यक्त गरेको भनाइबारे एक केन्द्रीय सदस्यले भने, ‘यसले गठबन्धनमा सोच्नुपर्ने ठाउँमा हामीलाई पु¥याएको छ ।’

प्रचण्डले प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले दिएको धोकाको विषयमा गम्भीर छलफल भइरहेको जानकारी दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट