काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत पाएका छन् । आज सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएको मतदानमा उनले विश्वासको मत पाएका हुन् ।
नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५५ बमोजिम उनले आज पेस गरेको प्रस्तावका पक्षमा एक सय ५७ र विपक्षमा एक सय १० मत खसेको हो । मत विभाजन प्रक्रियामा एक मत दिन्न भन्नेमा खसेको थियो ।
मतविभाजन प्रक्रियामा जम्मा दुई सय ६८ सांसद सहभागी थिए । बैठकमा सभामुख देवराज घिमिरेले मत विभाजन परिणाम सुनाउँदै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त भएको जानकारी गराएका थिए ।
प्रधानमन्त्रीले यही फागुन २१ गते नयाँ सत्ता गठबन्धन बनाएपछि उनलाई समर्थन गरेको दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको थियो । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ ।
प्रधानमन्त्री प्रचण्डले १५ महिनामा तेस्रो पटक विश्वासको मत प्राप्त गरेका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।