काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका–४ अल्छिडाँडामा विजुली सर्ट भइ रणबहादुर श्रेष्ठको घरमा आगलागी भएको छ ।
शनिवार राती भएको उक्त आगलागीमा ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए ।
आगलागीबाट घरमा भएका सामानहरु जलेर नष्ट भएका छन् । टिभि, लत्ताकपडा, सिरक डस्ना, झ्याल, ढोका, सुट्केश, टेवल, कागजपत्र लगायत सामानहरु जलेको उद्धारका लागि पुगेका दिपक अधिकारीले जानकारी दिए । घरमा भएका सामानहरु जलेका छन् । स्थानीय र धादिङ सोसियल भोलेन्टिएर टोलीले आगो निभाएको उनले जानकारी दिए ।
‘खाना खाएर भित्र छिर्दा आगो लागिरहेको रहेछ । बत्ती आउनेजाने भइ रहेको थियो । हाइभोल्टेजका कारण आगो लागेको हुनसक्छ । सबै सामान जलेर नष्ट भयो, धन्न मानविय क्षति हुन पाएन,’ रणबहादुरले भने ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।