काठमाडौं– सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुख धनञ्जय आचार्यसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
डोल्पाको ठूलीभेरी नगरपालिका–३ दुनैमा खेलकुद मैदान निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट छुट्याएको रकम अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आचार्यसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
खेलकुद मैदान निर्माणको कार्य लागत अनुमान र सम्झौतामा उल्लेख गरेको कामभन्दा फिल्डमा कम काम गरी बढी काम गरेको भनी गलत नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र बिल भर्पाई बनाएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुख धनञ्जय आचार्य, कार्यालयका सब–इन्जिनियर मोतीप्रसाद बुढा, डीपीआर सम्पन्न भएको कभर्डहल तथा खेलमैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध समान नौ लाख ९३ हजार नौ सय ४० रुपैयाँ ८० पैसा बिगो माग गरेर मुद्दा दायर गरेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।