काठमाडौं– जनकपुरमा जल्दै गरेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।
बुधबार राति करिब ९ बजे जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर महादेव मन्दिरबाट नजिकै रहेको एक खेतमा महिला जलिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
युवतीको शव नजिकै करिब ६ महिनाकी बालिका पनि जलेर घाइते अवस्थामा फेला परेकी थिइन् । उनको पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत भेटिएकी युवती महोत्तरीको मनरासिसा नगरपालिका–२ कि २३ वर्षीया प्रियंका महतो रहेको प्रहरीले जनाएको छ । नाबालिका उनैका बच्चा हो वा होइन भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
युवती र बालिकाको दुबै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।