काठमाडौं– सहकारी प्रकरण मुछिएका दीपेशकुमार पुन रिहा भएका छन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले रिहा गर्न आदेश दिएको एक सातापछि आज पुन धरौटीमा रकम जम्मा गरेर रिहा भएका हुन् ।
वैशाख ७ गते शुक्रबार रुपन्देही जिल्ला अदालतले थुनछेक बहसपछि ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पाँच जना सोही दिन छुटेका थिए । पुन भने आज रकम जम्मा गरेर कारागारबाट निस्किएका हुन् ।
उनी पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् । न्यायाधीश डा.श्रीप्रकाश उप्रेतीको इजलासले पुनसँग ४ लाख धरौटी माग गरेको थियो । उक्त रकम आज एक साता पछि बुझाएर पुन छुटेका जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्तराम मरासिनीले बताए ।
अदालतले गत शुक्रवार अध्यक्ष ओमप्रकाश गुरुङबाहेक अन्यलाई धरौटीमा छाड्न आदेश दिएको थियो । अध्यक्ष गुरुङ भने भैरहवास्थित कारागारमा छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।