काठमाडौं– बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा भएको उपचुनावमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भएका छन् ।
एमालेका उम्मेदवार भण्डारी ११ हजार ६ सय १३ मत प्राप्त गरी विजयी भएको निर्वाचन आयोगले जनाएको छ । भण्डारी २ सय ६७ मतान्तरसहित विजयी भएका हुन् ।
भण्डारीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरे । यस्तै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८ सय ३१ र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत प्राप्त गरेको आयोगले जनाएको छ ।
२०७९ मा भएको चुनावमा यस क्षेत्रमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार १ सय १२ मत ल्याएर निर्वाचित भएका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।