काठमाडौं– काठमाडौंको गोंगबुस्थित होटेलमा एक महिलाको शव फेला परेको छ ।
मोरङको लेटाङ नगरपालिका–२ घर भई काठमाडौंको बाँसबारीमा बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव फेला परेको प्रहरीले जनाएको छ । गत शुक्रबार एक होटेलमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो ।
प्रहरीका अनुसार, भण्डारी चन्द्रागिरि नगरपालिका–१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन् । अनित कोठाभित्र रहेकै अवस्थामा बाथरुममा झुन्डिएको अवस्थामा भण्डारीको शव फेला परेको जनाइएको छ ।
मृतक महिलाका परिवारले अहिले कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको छ ।
मृतक महिलाका परिवारले कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।