काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि अस्ति सोमवारसम्म २७ जनाले ज्यान गुमाएका हुन् ।
आगलागीबाट मात्रै १८ जनाको ज्यान गएको छ । अरु ६ जनाले डढेलो र ३ जनाले चट्याङमा परेर ज्यान गुमाएका हुन् । यी घटनामा ९० जना घाइते भएका प्राधिकरणले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा पनि चट्याङको घटना भएका छन् । आगलागीबाट वैशाख महिनामा मात्रै एक हजार दुई सय ७१ परिवारको घरगोठ जलेको छ । घरगोठमा भएको धेरैजसो आगलागी डढेलोका कारण भएको पाइन्छ ।
यस वर्षको सुख्खायाम अर्थात गएको जनवरी १ देखि अहिलेसम्म देशभर पाँच हजारभन्दा धेरै डढेलोका घटना भएका छन् । डढेलोले हजारौँ हेक्टर जङ्गल नष्ट भएको छ । जङ्गलमा रुखविरुवा मात्र हैन जीवजन्तुहरु पनि जलेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।