जिपको ठक्करबाट बुबाको मृत्यु, छोरी गम्भीर घाइते

  • २०८० माघ १४, आईतबार (६ महिना अघि)
  • १६३ पटक पढिएको
जिपको ठक्करबाट बुबाको मृत्यु, छोरी गम्भीर घाइते

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका–१६ शिबघाटमा बलेरोको ठक्करबाट बुवाको मृत्यु भएको छ भने छोरी गम्भीर घाइते भएकी छन् ।

Advertisement

शरणपुरबाट नारायणगढ आउदै गरेको बा.प्र.०३–००१ च ११९७ नं.को बलेरोले बा.प्र.०३–००३प ८६२४ नं.को मोटसाइकललाई शनिबार बेलुका करिब साढे सात बजेको समयमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा सोही स्थान बस्ने ४१ वर्षिय मधुसुधन खत्री र उनकी छोरी १५ वर्षिय अपेक्षा खत्री गम्भीर घाइते भएको अवस्थामा नयाँ मेडिकल कलेजमा उपचारको लागि पठाइएको थियो ।

उपचारको क्रममा राती करिब साढे आठ बजे मोटरसाइकल चालक बुवा मधुसुधन खत्रीलाई डाक्टरले मृत घोषणा गरेको हो । छोरीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुबै सवारी साधन र बलेरो चालक प्रहरी नियन्त्रणमा छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट