समाचार संकलन गर्न एमाले पार्टी कार्यालय पुगेका पत्रकारमाथि दुर्व्यवहार

  • २०८० माघ २०, शनिबार (५ महिना अघि)
  • ६२२ पटक पढिएको
समाचार संकलन गर्न एमाले पार्टी कार्यालय पुगेका पत्रकारमाथि दुर्व्यवहार

काठमाडौं– समाचार संकलनका लागि एमाले पार्टी कार्यालय धादिङ पुगेका पत्रकारमाथि दुर्व्यवहार गरिएको छ ।

Advertisement

नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशनको बन्दसत्र शुरु भएको केही समयमै मुठभेट र हल्ला भएको जानकारी पाएपछि समाचार संकलनका लागि एमाले पार्टी कार्यालय पुगेका अर्जुन श्रेष्ठ, चिनो सारु मगर लगायत पत्रकारहरुलाई प्रवेशद्धारमा रहेका एमाले कार्यकर्ताले दुर्व्यवहार गरेका हुन् ।

समाचार संकलन गर्न भित्र छिर्दैगर्दा एमाले कार्यकर्ताले मूख्य गेटबाट भित्र छिराएर अर्काे गेटमा भने धकेल्दै बाहिर निकालेका हुन् । युट्यूव सिउट्यूव छाड्छेउ भाई मेरो नि मोवाइल छ, लाउ लैजाउ भन्दै पत्रकारितामाथि नै खिल्लि उडाउदै एक कार्यकर्ताले दुर्व्यवहार गरेको अर्जुन श्रेष्ठले बताए ।

‘पत्रकारलाई निषेध गरिएको भनौं भने केही पत्रकारहरु फोटो भिडियो खिचिरहेका छन् । सामाजिक संजालमा प्रत्यक्ष प्रशारण समेत गरिरहेका छन् । सर्वसाधारण लगायत अन्य दलमा आस्था राख्नेहरु पनि खुलमखुल्ला तस्विर तथा दृश्य खिचिरहेकै छन् । तर समाचार संकलन गर्न आएका हामीलाई धकेल्दै दुर्व्यवहार गरेर बाहिर निकालियो’ उनले भने ।

गेटभित्र छिर्दैथियौं । धकालेर बाहिर निकाल्यो । मूख्य गेटमा सोधेरै गएका थियौं । भित्र जान पाइदैन भनेको भए हामी जादैन थियौं । तर समाचार संकलन गर्नेक्रममा भित्र हामीलाई एमालेका कार्यकर्ताले दुर्व्यवहार गरेर बाहिर निकालेको पत्रकार चिनो सारु मगरले बताए ।

श्रेष्ठ नयाँ पत्रिका राष्ट्रिय दैनिकका जिल्ला संवाददाता, रेडियो धादिङका कार्यक्रम संयोजक र नेपालपथ डटकमका सम्पादक हुन् । मगर पाविल न्यूज डटकमका संवाददाता हुन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%

    खोजी गर्नुहोस

    ताजा अपडेट