एमाले धादिङको अधिवेशन विवादः विज्ञप्तीमा दोहोरी, स्थगित बन्द सत्र केही समयमा सुरु हुदै

  • २०८० माघ २१, आईतबार (५ महिना अघि)
  • ३२२ पटक पढिएको
एमाले धादिङको अधिवेशन विवादः विज्ञप्तीमा दोहोरी, स्थगित बन्द सत्र केही समयमा सुरु हुदै

काठमाडौं– नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशनमा विवाद उत्पन्न भएको छ । १९ गते शुक्रबारदेखि धादिङबेशीमा शुरु भएको अधिवेशनको बन्दसत्रमा विवाद भएपछि स्थगित भएको बन्दसत्र अझै सुरु हुन सकेको छैन ।

Advertisement

अधिवेशन स्थगित भएको आइतबार बिहान नेकपा एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले विज्ञप्ती जारी गरेपछि बन्दसत्र झनै प्रभावित बनेको हो । तर नेकपा एमाले धादिङले बन्द सत्र स्थगित नभएको दावी गरेको छ । अहिले पनि छलफलमै रहेको र केही समयमै बन्द सत्र सञ्चालन गर्ने अध्यक्ष मंडलका अध्यक्ष धर्मदत्त देवकोटाले बताए ।

‘आफ्नो गुटको हार निश्चित भए पछि नेकपा एमाले बागमती प्रदेश कमिटिको अध्यक्ष कैलाश ढुंगेलले धादिङमा आफ्नो गुट स्थापित गर्न जबरजस्ति अधिवेशन स्थगित गर्न खोजेका हुन् । संगठन को लेटर प्याड बिना, न छाप न चलानी मनोमानि ढंगले विज्ञप्ती लेख्दै सिंगो संगठनलाई आफ्नो निजि स्वार्थको निम्ति प्रयोग भयो’ उनले भने ।

नेकपा एमाले बागमती प्रदेश कमिटिको अध्यक्ष कैलाश ढुंगेलले अर्काे सुचना नहुन्जेलका लागि बन्द सत्र स्थगित भएको प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन् ।

एमाले धादिङले बन्द सत्र स्थगित नभएको प्रेस विज्ञप्ती जारी गरी जानकारी दिएको छ । २०८० माघ १९ गतेदेखि जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनको बन्द सत्र सञ्चालन भइ रहेको अवस्थामा केही अनाधिकृत उच्छृङ्खल व्यक्तिले अधिवेशन स्थगित भएको भनि सामाजिक सञ्जाल र मिडियामा फैलाएको भ्रमप्रति नेकपा एमाले धादिङको गम्भिर ध्यानाकर्षण भएको छ । बन्द सत्रको कार्यक्रम निरन्तर सञ्चालन भइ रहेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

बन्दसत्र सुरु हुनुपूर्व १९ गते साँझ करिव ७ बजे बसेको जिल्ला कमिटीको अन्तिम बैठकमा बन्दसत्रमा प्रस्तुत गरिने आवश्यक दस्तावेजहरु, कतिपय नीतिगत निर्णयहरु बन्दसत्र संचालनका लागि आवश्यक अध्यक्ष मण्डल लगायत विभिन्न समितिहरुमा रहने नेताहरुको नाम र जिल्ला कमिटीबाट ५ प्रतिशतले मनोनयन हुने प्रतिनिधिहरुका सम्बन्धमा जिल्ला कमिटी अध्यक्षबाट प्रस्ताव प्रस्तुत हुँदा बैठकका सहभागिहरुबाट छलफलको माग राखेका थिए । जिल्ला कमिटी अध्यक्षले जबरजस्ती प्रस्ताव पेश गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठक कक्षमा असहज परिस्थिति सृजना हुन पुग्यो र जसको फलस्वरुप जिल्ला कमिटीका सदस्य र नेताहरुमाथि हुलहुज्जत र धक्कामुक्का समेत भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्तै, माघ २० गते बन्दसत्रको सुरुवातबाट नै अघिल्लो दिनभन्दा बढी असहज, आकमक र आतंकित परिस्थिति देखा परेको यही क्रममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ । जनसंगठनबाट प्रतिनिधित्व गराउँदा जनसंगठन समन्वय सम्बन्धी निर्देशिका २०७८ बमोजिम वर्गिकरण गरी प्रतिनिधिको प्रबन्ध नगरिएको पाइएको, बन्दसत्रमा प्रवेश गर्नु अगाडी प्रतिनिधि निक्यौल गर्ने विषयमा समेत अन्योलता कायम रहेको अवस्था देखिएको, पटकपटक वार्ता छलफलबाट समस्या समाधान गरी बन्दसत्र सूचारु गर्ने प्रयास गर्दा सम्भव नभएको र झन् अशान्त, असहज परिस्थिति देखा परेकाले यो अधिवेशनलाई मर्यादित र विधिसम्मत तरिकाले सम्पन्न गर्न सम्भव नदेखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अधिवेशन स्थगित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट