मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६ प्रतिशत विद्यार्थी पास

  • २०८० माघ २२, सोमबार (५ महिना अघि)
  • १८९ पटक पढिएको
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६ प्रतिशत विद्यार्थी पास

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले डाक्टरहरुको नाम दर्ता (लाइन्सेस) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

Advertisement

शुक्रबार काउन्सिलले प्रकाशित गरेको १६ देखि १९ माघसम्म लिएको लाइसेन्स परीक्षाको नतिजाअनुसार ५६.६८ प्रतिशत पास भएका हुन् ।

एमबीबीएसतर्फ १ हजार ७ सय ५७ जना विद्यार्थीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका थिए ।

१ हजार ७ सय ३७ विद्यार्थी परीक्षामा सहभागी भएकामा ९ सय ७२ जना पास भएका छन् । लाइसेन्स परीक्षामा एमबीबीएसतर्फका ७ सय ६५ जना परीक्षार्थी फेल भएका छन् । यस्तै, ४ जना परीक्षार्थीको रिजल्ट भने विथहोल्डमा राखिएको काउन्सिलले जनाएको छ ।

बिडिएसतर्फ २ सय ८५ जनाले परीक्षा दिएकामा १ सय ७४ जनाले लाइसेन्स परीक्षा पास गरेका छन् । जुन ६१.०५ प्रतिशत हो । यसैगरी, बिडिएसतर्फ १ सय ११ जना लाइसेन्स परीक्षामा फेल भएका छन् भने ६ जना अनुपस्थित रहेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट