देशका धेरैजसो ठाउँमा मौसम सफा, तत्काल पानी नपर्ने

  • २०८० माघ २३, मंगलबार (५ महिना अघि)
  • १९० पटक पढिएको
देशका धेरैजसो ठाउँमा मौसम सफा, तत्काल पानी नपर्ने

काठमाडौं– देशभरका धेरैजसो ठाउँमा आज मौसम सफा रहेको छ । अब तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । अस्तिदेखि छिटपुट वर्षा र हिमपात भए पनि हिजो बेलुकादेखि मौसम खुलेको हो ।

Advertisement

आज काठमाडौं उपत्यकासहित धेरैजसो ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी केही क्षेत्रमा मौसम सामान्य बदली रहे पनि बाँकी ठाउँमा मौसम सफा रहेको मौसमविद् गोविन्द झाले बताए ।

उनका अनुसार आज तराईका केही ठाउँमा बिहानीपख पातलो हुस्सु र कुहिरो छ । तर घाम लागेपछि बिस्तारै हट्नेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट