पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन

  • २०८० माघ २३, मंगलबार (५ महिना अघि)
  • १४२ पटक पढिएको
पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन

काठमाडौं– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ ।

Advertisement

झापाको अर्जुनधारा नगरपालिका–८ का बुढाथोकी लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट बिरामी थिए । उनको उपचारकै क्रममा गएराति विराटनगरको विराट मेडिकल कलेजमा निधन भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँले जानकारी दिए ।

२०४३ सालमा उनी राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि जलस्रोत राज्यमन्त्री बनेका थिए । २०६४ मा कांग्रेसका तर्फबाट झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्य र २०७० सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

२०७३ सालमा उनी सामान्य प्रशासनमन्त्री भएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट