मोटरसाइकल दुर्घटनामा एकजना युवकको मृत्यु

  • २०८० माघ २४, बुधबार (५ महिना अघि)
  • १५६ पटक पढिएको
मोटरसाइकल दुर्घटनामा एकजना युवकको मृत्यु

काठमाडौं– मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–३ का कर्मचारी ३२ वर्षीय मनोजकुमार विश्वास रहेका छन् ।

Advertisement

ग्रामथान गाउँपालिका–२ सुखानी खोला छेउस्थित सडकमा को २३प ४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा कटहरी गाउँपालिका–७ का विश्वासको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट