धादिङमा फोटो तथा दृश्य सम्पादन सम्बन्धि तालिम सम्पन्न

  • २०८० माघ २५, बिहिबार (५ महिना अघि)
  • ५६५ पटक पढिएको
धादिङमा फोटो तथा दृश्य सम्पादन सम्बन्धि तालिम सम्पन्न

काठमाडौं– धादिङबेशीमा फोटो तथा दृश्य सम्पादन सम्बन्धी पत्रकारिता तालिम गरिएको छ । नीलकण्ठ नगरपालिकाको सहयोग धादिङका दलित तथा जनजाति पत्रकारलाई विद्युतिय प्रविधिसँग जोड्ने र पत्रकारिता पेशामा दक्ष बनाई आत्मनिर्भर बनाउने उद्देश्यले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) धादिङले आयोजना गरेको तालिम एक कार्यक्रमका विच बिहिबार सम्पन्न भएको हो ।

Advertisement


तालिमले प्रविधिसँग जोड्न र धादिङको पत्रकारितालाई थप अब्बल बनाउन सहयोग पुग्ने नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले बताए । तालिम समापन समारोहको सम्बोधन गर्दै आधुनिक तथा विद्युतिय प्रविधिको उच्चतम प्रयोग गर्न सके पत्रकारितालाई थप प्रभावकारी बनाउन सकिने र तालिमले थप सहयोग पुग्ने अपेक्षा गरिएको बताएका हुन् ।

‘मिडियाले सत्य तत्यमा आधारित पत्रकारिता त गर्नपर्छ नै । तर नागरिकको आवश्यकता र चाहाना अनुरुपको पत्रकारिता पनि आवश्यक छ । मिडियाले दिने सुचना र सञ्देश नागरिकको अपेक्षालाई पनि ख्याल गर्नुपर्छ । पुराना शैलीमा भन्दा आधुनिक र विद्युतिय प्रविधिको उच्चतम प्रयोग गर्नुपर्छ’ उनले भने– ‘सञ्चार माध्यम र पत्रकारले धादिङका सवाल उठाएर सरोकारवाला निकायलाई जिम्मेवारी बोध गएको छ । यससँगै विकास निर्माण र सुशासनको क्षेत्रमा खेलेको भूमिका उल्लेखनिय छ । आगामी दिनमा पनि धादिङको विकासमा संगै सहयात्रा रहनेछ ।’


कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले पत्रकारहरुको हक अधिकार स्थापित गर्न पत्रकार महासंघले विशेष प्राथमिकता दिएर काम गरिरहेको बताए । यस्ता क्षमता विकास तालिमले पत्रकारको गुणत्मक विकास हुने र सिंगो पत्रकारितामा सकरात्मक प्रभाव पर्छ । यस तालिमले थप निखारता ल्याउने छ । पत्रकार महासंघले पनि निकट भविष्यमा तालिमको आयोजना गर्ने तयारी भइ रहेको उनले बताए ।

 

दलित तथा जनजाति पत्रकारलाई विद्युतिय प्रविधिसँग जोड्ने र पत्रकारिता पेशामा दक्ष बनाई आत्मनिर्भर बनाउने उद्देश्यले पत्रकारिता तालिमको आयोजना गरिएको फोनिज धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले बताए । पत्रकारितामा पहिले सिक्ने, टिक्ने अनि मात्रै काम गर्न सक्छ भनि विश्वास हुने, अरुले खोज्ने र विक्न सकिने हुँदा दक्षता पहिलो प्राथमिकता हो । त्यसैले, फोनिज धादिङले तस्विर तथा दृश्य सम्पादनको तालिम दिइएको हो । आगामी दिनमा विशेष खालको तालिम पनि आयोजना गरिने अध्यक्ष श्रेष्ठले बताए ।


एडिटर एवम कन्टेन्ट क्रियटर धु्रवराज पराजुलीले सहजिकरण गर्नुभएको तालिममा धादिङका विभिन्न सञ्चार माध्यममा आवद्ध ३१ जना दलित र जनजाति पत्रकारहरु सहभागी रहेका थिए । सहभागी पत्रकारहरुले सिकेको कुरा व्यवहारमा उतार्ने बताएका छन् । माघ २३ गते मंगलबारदेखि सुरु गरिएको तीन दिने पत्रकारिता तालिम विहिबार एक कार्यक्रमका विच समापन गरिएको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट