सेवाग्राहीसँग १५ लाख रुपैयाँ घुस लिएका बनेपाका वडाध्यक्ष बादेविरुद्ध मुद्दा दायर

  • २०८० माघ २६, शुक्रबार (५ महिना अघि)
  • १५१ पटक पढिएको
सेवाग्राहीसँग १५ लाख रुपैयाँ घुस लिएका बनेपाका वडाध्यक्ष बादेविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काभ्रेको बनेपा नगरपालिका–९ का वडाध्यक्ष नृपेश बादेविरूद्ध घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

Advertisement

घरबाटो सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले उनीविरूद्ध आज भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले वडाध्यक्ष वादेलाई सेवाग्राहीबाट १५ लाख रुपैयाँ घुस लिइएको अवस्थामा पक्राउ गरेको थियो ।

उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर बुधबार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट