सरकारी छाप तथा कागजपत्र कीर्ते गरेको अभियोगमा एक जना पक्राउ

  • २०८० माघ २६, शुक्रबार (५ महिना अघि)
  • १८९ पटक पढिएको
सरकारी छाप तथा कागजपत्र कीर्ते गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं– विभिन्न सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा नवलपरासी पूर्व विनयी त्रिबेणी गाउँपालिका– ४ बैरेनी बस्ने गोरखा शहिद लखन गाउँपालिका–६ घर भएका ३२ वर्षीय आकाश चन्द्र परियार रहेका छन् ।

परियारले सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनलाई विनयी त्रिबेणी गाउँपालिका–१ दुम्किबास बजारबाट पक्राउ गरेको हो ।

साथै उनको घर तलासी गर्दा सरकारी छाप दस्तखत कीर्ते सम्बन्धी कसुरमा प्रमाण लाग्ने विभिन्न प्रकारका चिजबस्तुहरू समेत बरामद भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट