इलामको रोङ गाउँपालिकामा अभिभावक शिक्षा कार्यक्रम सुरु

  • २०८० माघ २७, शनिबार (५ महिना अघि)
  • १६५ पटक पढिएको
इलामको रोङ गाउँपालिकामा अभिभावक शिक्षा कार्यक्रम सुरु

काठमाडौं– इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयका अभिभावकलाई शिक्षा दिने उद्देश्यले अभिभावक शिक्षा कार्यक्रम सुरुआत गरेको छ ।

Advertisement

गाउँपालिकाले हिजो शुक्रवारदेखि कक्षा १ देखि ५ सम्मका विद्यार्थीका अभिभावकलाई कक्षा सुरु गरेको अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले बताए ।

सुरुको दिन ११ वटा विद्यालयका तीन सय १० जना अभिभावक कक्षामा सहभागी भएका छन् । तीनजना स्नातकोत्तर सकेका अभिभावक पनि कक्षामा सहभागी भएका छन् । यो शिक्षाले अभिभावकलाई जिम्मेवार बनाउन सहयोग गर्ने गाउँपालिकाले जनाएको छ ।

शिक्षाको गुणस्तर सुधार गर्ने जिम्मा शिक्षकको मात्र नभइ अभिभावकको पनि हुने भएकाले यो कार्यक्रम लागू गरिएको अध्यक्ष स्याङ्बोले बताए ।

गाउँपालिकाले अभिभावकलाई अब महिनाको एक दिन विद्यालयमै ल्याएर पढाउने, त्यस दिन कक्षा ८ भन्दा माथिका विद्यार्थीले भने घरमा बसेर अभिभावकले गर्ने काम गर्नुपर्ने उनको भनाइ छ । जानाजान अभिभावक शिक्षामा सहभागी नहुने अभिभावकलाई वडाबाट हुने सम्पूर्ण सिफारिस रोक्ने कार्यविधिमा उल्लेख छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट