पशुपति माविको ३६ औँ वार्षिक उत्सव सम्पन्न, शिक्षाको गुणस्तर सुधारमा जोड दिएका छौं– नगरप्रमुख ढुंगाना   

  • २०८० माघ २८, आईतबार (५ महिना अघि)
  • १४८ पटक पढिएको
पशुपति माविको ३६ औँ वार्षिक उत्सव सम्पन्न, शिक्षाको गुणस्तर सुधारमा जोड दिएका छौं– नगरप्रमुख ढुंगाना   

काठमाडौं– सामुदायिक विद्यालयका शिक्षकले आफ्नै छोराछोरी मानेर पढाउन सके शिक्षाको गुणस्तरमा गुणत्मक वृद्धि हुने नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिमप्रसाद ढुंगानाले बताएका छन् ।

Advertisement

शिक्षाको गुणस्तर सुधार गर्न शिक्षक, अभिभावक तथा विद्यार्थी सबैको गहन भूमिका रहेको नीलकण्ठ नगरपालिका–१२ दामगाडेमा अवस्तित पशुपति माध्यामिक विद्यालयको ३६ औँ वार्षिक उत्सव समारोहको सम्बोधन गर्दै नगरप्रमुख ढुंगानाले यस्तो बताएका हुन् ।

‘सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि नगरपालिकाले ठूलो रकम विनियोजन गरेको छ । सबैले आ–आफ्नो जिम्मेवारी पुरा गर्ने हो भने सबैमा शिक्षाको सहज पहँुच र गुणस्तरिय शिक्षा प्रवाह गर्न सकिन्छ’ उनले भने–‘अबको फोकस भनेको गुणस्तरिय शिक्षा हो । सबैले यसमा जोड गरौं । यस पशुपति माध्यामिक विद्यालयले सुशासन र अनुशासनसगै गुणस्तरिय शिक्षामा मारेको फड्को मारेको छ । सामुदायिक विद्यालयले एक अर्काको राम्रा कुराको सिकाइ आदानप्रदान पनि गर्नुपर्छ ।’

वार्षिक उत्सवकै अवसरमा विद्यालयले विभिन्न खेलकुद तथा सास्कृतिक कार्यक्रम गरेको छ । प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिएको पशुपति माध्यामिक विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट