अध्यागमन विभागले बढायो आजदेखि सेवाअवधिको समय

  • २०८० फागुन १, मंगलबार (५ महिना अघि)
  • १४७ पटक पढिएको
अध्यागमन विभागले बढायो आजदेखि सेवाअवधिको समय

काठमाडौं– अध्यागमन विभागले आजबाट सेवाअवधिको समय बढाएको छ । विभागले १ फागुन अर्थात आजबाट सेवाअवधि बढाएर बिहान ८ बजेदेखि राति ८ बजेसम्म सेवा दिन थालेको हो ।

Advertisement

यसअघि कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममात्र सेवा प्रवाह हुँदै आएकोमा बिहान २ घण्टा र साँझ ३ घण्टा गरेर दैनिक ५ घण्टा सेवाअवधिको समय विभागले बढाएको हो ।

साताको सात दिन नै बिहान ८ बजेदेखि र राति ८ बजेसम्म सेवा दिइने भए पनि सार्वजनिक बिदामा भने बिदा रहने विभागले जनाएको छ ।

बिहान १० बजेदेखि अघि र साँझ ५ बजेपछि भने भिसा शुल्क भुक्तानी अनलाइन प्रणालीमार्फत् मात्र गर्न सकिने विभागको सूचनामा उल्लेख छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट