काठमाडौं– नेपाली कांग्रेसको फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकमा पेस हुने चारवटा प्रतिवेदन केन्द्रीय कार्यसमितिबाट पारित भएको छ ।
हिजो र अस्ति बसेको केन्द्रीय समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री गगन थापाको साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक र नेता प्रकाशशरण महतको आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदनहरु संशोधनसहित पारित भएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकले महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने निर्णय पनि गरेको छ ।
केन्द्रीय समिति बैठकमा नेताहरुले महासमिति बैठकबाट चुनावी गठबन्धनदेखि संविधान संशोधनसम्मको मुद्दामा ठोस नीतिसहितको कार्यदिशा तय गर्नुपर्नेमा जोड दिएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।