काठमाडौं- जिल्ला स्तरीय न्यायिक समितिको अध्यक्षमा नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्मा चयन भएका छन् । धादिङ जिल्लाका सबै स्थानीय सरकारको न्यायिक समितिका पदाधिकारीको भेलाले विश्वकर्माको अध्यक्षतामा जिल्ला स्तरीय न्यायिक समिति मञ्चको गठन गरेको हो ।
सबै स्थानीय सरकारको न्यायिक समितिका संयोजकहरु सदस्य रहने गरी जिल्ला स्तरीय न्यायिक समिति मन्च गठन गरिएको छ । भेलाले जिल्ला स्थित सबै स्थानीय सरकारहरुको न्यायिक समितिबाट हुने न्यायिक निरुपणका कार्यहरुमा एकरुपता हुने गरी निर्देशिका बनाई थप व्यवस्थित गर्ने निर्णय गरेको छ ।
त्यसैगरी जिल्ला स्थित स्थानीय न्यायिक समितिहरुबाट भएका कार्य तथा असल अभ्यासको आदान प्रदान गर्ने, न्यायिक समितिबाट हुने कार्यहरुमा सहजिकरण गर्ने, जिल्लाका न्यायिक समितिका पदाधिकारीहरुको बैठक कम्तिमा २ महिनामा १ पटक बस्ने गर्ने निर्णय गरेको छ ।
भेलाले आगामी बैठकमा न्यायिक समितिबाट कार्य सम्पादन गर्दा जटिल विषय तथा असल अभ्यासहरु सम्बन्धमा सिकाई आदान प्रदान गर्ने समेत निर्णय गरेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।