काठमाडौं– धादिङको त्रिपुरासन्दरी गाउँपालिका–२ सल्यानटारमा भएको निःशुल्क स्वास्थ्य शिविरमा तीन सय ३४ जनाले मुटु जाँच गराएका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारमा गरिएको मुटु जाँच सेवामा तीन सय ३४ जनाको मुटु जाँच गरिएकोमा एक सय ५८ जनाको ईसिजी र ३४ जनाको ईको गरिएको छ । सवैको रक्तचाप तथा सुगर परिक्षण गरि आवश्यक ओैषधि समेत निःशुल्क वितरण गरिएको छ ।
शिविरमा चितवन मुटु अस्पतालका मुटु रोग विशेषज्ञ डा. शंकर लौडारीको नेतृत्वमा उपस्थित चिकित्सक टोलीले सेवा दिएका हुन् । नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङ तथा त्रिपुराशुन्दरी गाउँपालिकाको आयोजना, चितवन मुटु अस्पतालको प्राविधिक चिकित्सकिय सहयोग तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान बागमति प्रदेश समिति तथा चितवन शाखाको संयोजनमा शिविर संचालन गरिएको हो ।
मुटुरोग सम्वन्धी यस्ता निःशुल्क शिविर शहरी क्षेत्रमा मात्र हुने गरेकोले नेपाल हृदयरोग निवारण प्रतिषठान धादिङ शाखाले यस पटक ग्रामिण भेगमा संचालन गरेको हो । ग्रामिण भेगमा समेत मुटुरोगी अत्यधिक रुपमा रहेकोले नसर्ने रोग सम्वन्धी सचेतना वढाउनु पर्ने नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रिय सदस्य तथा धादिङ शाखाका सभापति राजकुमार श्रेष्ठले जानकारी दिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।